२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

बामपन्थी सहकार्य र एकता प्रारम्भिक अभियान

Workplace

विक्रम आचार्य शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा बामपन्थी नेताहरूको आयोजनामा बामपन्थी सहकार्य तथा एकता अभियान को प्रारम्भीक कार्यक्रम शितगंगा ४ भेडामाराको होटल दरवारमा सम्पन्न भएको छ ।

वामपन्थी नेता नेकपा एमालेका कासि आचार्यको अध्यक्षता तथा माओवादि केन्द्रका नेता मणि अधिकारी नेकपा एकिकृत समाजवादी का नेता पिताम्बर सारु , नारायण बेल्वासे , राजमो वाट गोविन्द थापा, जोग बहादुर सारु , प्रकाश आचार्य नेकपा माले बाट केदार वेल्वासे नेकपा कम्युनिष्ट पार्टि (विप्लव) को प्रतिनिधी वामपन्थी नेता तथा लेखक जे . वि. दलार्मी लगायत वामपन्थी नेताहरूको ब्यापक उपस्थिति रहेको थियो

नेकपा एकिकृत समाजवादी पार्टि का केन्द्रीय सदस्य तथा वामपन्थी नेता पिताम्बर सारुले नेपालको वामपन्थी आन्दोलनको इतिहास र भावि समयको सहकार्य एकता र कार्य योजना प्रस्तुत गर्नु भयको थियो ।
साथै वामपन्थी आन्दोलनमा योगदान पुर्‍याएका वामपन्थी नेता अंमर प्रसाद न्योपाने , राम प्रसाद अधिकारी , पिताम्बर सारु , लोककान्त खनाल , डुकलाल भाट लाई दोसल्ला ओडायर सम्मान गरियको थियो ।
साथै कार्यक्रमले ११ सदस्यिय बामपन्थी सहकार्य एकता संयोजन समिति निर्माण गरेको छ ।
वामपन्थी नेता केदार बेल्वासेको स्वागत मन्तव्य र बामपन्थी नेता मणि अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै