भैरहवा, साउन १२ । प्राईम कमर्सियल बैंक लिमिटेड भैरहवा शाखाले भैरहवा स्थित रणअम्बिका आखाँ अस्पताललाई वाल ट्रान्सर्फर सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत रु. तिन लाख अठार हजार बराबरको ६ थान वाल ट्रान्सफर्मर प्रदान गरेको बैकका बेथरी शाखा प्रमुख लोकमणि भट्टराईले जानकारी दिए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष सागरप्रताप राणालाई बैकका लुम्बिनी प्रदेश प्रमुख कुस सुदन सिंहले सो सामान हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा भैरहवा शाखा प्रबन्धक बाबुराम अर्याल, अस्पतालका मेसु मेडिकल डाइरेक्टर डा. ज्ञानेन्द्र लामिछाने, वित्त शाखा प्रमुख भेष बिक्रम थापा लगायतले बोलेका थिए । सागरप्रताप राणाको अध्यक्षता, भेष विक्रम थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा डा. शुसिला पटेल, डा. कविन्द्र बज्राचार्य, अस्पतालका विभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो ।