२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

नागरिक बहुउद्देश्यीय सहकारी सस्थाको प्रथम अधिबेशन तथा साधारण सभा सम्पन्न

Workplace

अर्घाखाँची । नागरिक बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड भुनपा१० धन्चौरको प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनको उदघाट्न गर्दै भुमिकास्थान नगरपालिका नगर उपप्रमुख बालकृष्ण बन्जाडेले सामुहिक उत्पादनका योजना बनाई स्वरोजगारमुलक काममा अगाडी बढ्नु पर्ने बताउनु भयो ।

उपप्रमुख बन्जाडेले सहकारी मार्फत कृषि तथा पशुजन्य बस्तुको उत्पादन बजारीकरण तथा सामुहिक ब्यबस्थापनमा लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमका विशेष अतिथि पत्रकार महासघका जिल्ला सहसचिब हृदय कुमार भुसालले आधुनिक कृषि प्राविधिक मार्फत सबै युवाहरु सामुहिक उत्पादनमा जोडिनुपर्ने भन्दै विभिन्न आर्थिक उत्पादनका कार्यक्रम अगाडी बढाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काग्रेस वाड सचिब धर्मराज भट्टराई, माओवादी केन्द्र,वाड अध्यक्ष कमल उचाई, नेकपा एकीकृत समाजबादी जिल्ला कमिटी सचिवालय सदस्य झबिलाल भट्टराई, रास्टिय जनमोर्चा बिष्णु भट्टराई,जनजागृती माध्यमिक बिधालका अध्यक्ष रेमलाल भट्टराई, विभिन्न सहकारीहरुको तर्फबाट बिष्णु चुदाली,राधिका गैरे,बुद्धि भट्टराई, पबित्रा जिसि समाजसेबि तारापति भट्टराई सुदिर नेपाली,लेखनाथ पान्डे, पबित्रा भट्टराई कृषि प्राबिधिक माधब भट्टराई, शान्ता चुदाली,बामदेब गैरे,डिलाराम पान्डे लगायतले साधारण सभा तथा अधिबेशन सफलताको महत्त्वपूर्ण भनाई राख्नु भएको थियो ।

अधिबेशनले सुभ बहादुर समालको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन भएको छ जसको उपाध्यक्षमा दुर्गा भट्टराई, सचीव नवीन घर्तीमगर कोषाध्यक्ष नमकला कुवर रहनु भएको छ । उदघाटन कार्यक्रम अध्यक्ष सुभ बहादुर समालको अध्यक्षता उपाध्यक्ष दुर्गा भट्टराईको स्वागत मनतब्य र सचिब दुर्गा भट्टराईको संचालनमा सम्पन्न भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै