सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुने

पोखरा । सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदैछन्।

गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् । भेलामा प्रदेशले पाउनुपर्ने अधिकार, एकीकृत विकास मोडललगायत विषयमा छलफल हुनेछ।

मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आज पोखरा आउने छन् । सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री दाहाल शुक्रबार बिहान ११ बजे आउने तय भएको गण्डकी सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । दुई दिने कार्यक्रम होटल पोखरा ग्राण्डमा हुनेछ।

मुख्यमन्त्रीहरूको भेला दोस्रोपटक हुन लागेको हो । पहिलो पटक २०७५ साल भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भेला भएको थियो। त्यो भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै