२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

स्वास्थ शिक्षा र स्वरोजगार जनताको प्रमुख सरोकारः राज्यमन्त्री सिर्पाली

Workplace

हृदय भुसाल अर्घाखाँची । संस्कृती,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला श्रीपाली ठकुरीले जनताको माग र आवश्यकताको आधारमा शिक्षा,स्वास्थ्य र स्वरोजगारको कामलाई पहिलो प्राथमिकताका साथ अगाडी बढाउनु पर्ने बताईन् ।

शुक्रवार अर्घाखाँची अस्पताल सन्धिखर्कले हस्पिटलमा आयोजना गरेको अन्तरकृया कार्यक्रमम यस्तो बताईन ।् मन्त्री ठकुरीले भनिन,‘सेवाग्राहीलाई सेवाप्रदायक निकायको ब्यवहार नै पहिलो र महत्वपुर्ण शर्त हो,केही हद सम्म बिरामीलाई स्वास्थ्य कर्मिको ब्यवहारले पनि सान्त्वना मिल्छ, सेवालाई मुस्कान सहितको सेवा दिदै,सुन्दर तरिकाले पस्कन जरुरी देखिन्छ, स्वास्थ्य सेवामा भएको प्राबिधिक कमजोरले कुनै पनि ब्यतmीको जिवनमा ठुलो समस्या हुने हुदा कमजोरी गर्दे गर्नु हुदैन, जनताको स्वास्थ्य अधिकारलाई सुरक्षित गर्न सेवाको उत्पादन र बितरण कार्यलाई प्रभाबकारी बनाउन मिडिया र पत्रकारले पनी महत्वपुर्ण भुमिका खेल्नुपर्ने हुन्छ,’मन्त्री ठकुरीले भनिन,।

शिक्षा र स्वास्थ्यको गुणस्तरको बिकासका लागी भौतिक संरचनाले मात्र नहुने भन्दै मन्त्री श्रीपालीले प्रबिधी,र दक्ष बिज्ञ,जनशतmीको आबश्यकता अपिहार्य रहेको बताईन् । बिभिन्न क्षेत्रका सरोकारवाला बिज्ञ र कर्मचारी हरु संग आबश्यक सुझाब सल्लाह र परामर्श गरि बैज्ञानिक तवरले नै परिणाम देखिने र जनताले महसुस गर्ने गरि काम गर्न लागेको बताईन् ।

देशलाई समृद्धिको दिशामा अगाडी बढाउनका लागी आफु सवै राजनैतिक दलहरु बिच सहकार्य गरेर अगाडी बढ्ने बताईन् । सवैलाई उप्पादन,स्वरोजगार संघ जोडी आत्मनिर्भर बनाई आर्थिक समृद्धि र सुशासन कामय गर्नुपर्ने आबश्यकता रहको बताईन् ।

अर्घाखाँची अस्पताललाई बिशेषज्ञ सहितको गुणस्तरिय सेवा,भरपर्दो सेवाका लागी दरबन्दी अनुसारका कर्मचारी सेवा सुबिधा तथा भौतिक पुर्वाधारको बिकास र उचित प्रबिधीको आबश्यकता रहेको अर्घाखाँची अस्पतालका प्रमुख जगनाथ तिवारीले बताए । अन्तरकृया कार्यक्रममा स्वास्थ्य कार्यालयका गणेश पौडेल,रामप्रसाद गौतम,अशोक चौहान लगायतका कर्मचारीहरु अस्पतालको अवस्था र बिकासका लागी महत्वपुर्ण भनाईहरु राखेका थिए ।

अन्तरकृया कार्यक्रममा नेकपा माओवादी केन्द«का केन्दि«य सदस्य अर्घाखाँची इन्चार्ज, तथा निवर्तमान सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक किशोर,माओवादी केन्द«का केन्दि«य सदस्य तथा भुमि आयोग अर्घाखाँचीका सदस्य छम कुमार खनाल चिनारी लगायतका अथितीहरुले अस्पतालको स्तरउन्नती र बिकासमा लागी परेको बताए । कार्यक्रममा जिल्लाका कृशाशिल पत्रकार अस्पतालका डाक्टर कर्मचारीहरुको उपस्थिी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै