हृदय भुसाल अर्घाखाँची । “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मुल नारा रहेको ७४ औं अन्तरास्ट्रिय मानव अधिकार दिवस साथै “सभ्य समाजको पहिचाहन, लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मुल नारा रहेको १६ दिने महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियानको आज अन्तिम दिन अर्घाखाँची जिल्लाभर विभिन्न कार्यक्रम गरि मनाईको छ । यसै सन्दर्भमा समाबेशी महिला बिकास कृषि सहकारी सस्था भुनपा १० धन्चौरको आयोजना, महिला बिकास तथा जेष्ठ नागरिक शाखा भुमिकास्थानको सहयोग तथा स्थानिय प्रहरी चौकिको समन्वयमा आज अन्तिम दिन विभिन्न कार्यक्रमको आयोजना गरि भब्य रुममा धन्चौरमा सम्पन्न भएको सहकारीका अध्यक्ष राधिका गैरेले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अथिती रास्ट्रिय सहकारी सस्थाका केन्द्रिय सदस्य बिष्णु आचार्यले महिलाहरुले परिबर्तनको आन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेको बताउदै अब आर्थिक शशक्तिकरणको अभियानमा लाग्नुपर्ने बताउनुभयो । सामाजिक तथा राजनीतिक ब्यक्तीत्व आचार्यले महिलाहरु पनि अबका दिनमा उत्पादन कार्यमा जोडिदै हरेक क्षेत्रको नेतृत्व गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका विशेष अथिति अन्तर पार्टी महिला संजालका जिल्ला नेता सुशीला गैरेले बर्तमान नेपाली समाजमा आर्थिक हिसाबले महिला आत्मनिर्भर नहुदा विभिन्न पिडाहरु अझैपनि रहेको भन्दै महिलाहरु एक भयर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भुनपा १० का वडा सदस्य टामलाल भट्टराई, पत्रकार महासंघका जिल्ला सहसचीव हृदय कुमार भुसाल, स्थानिय प्रहरी चौकीका प्रमुख लालमणि भट्टराई, स्वास्थ स्वमसेबिका मन्जु भट्टराई लगायतले मनतब्य राखेका थिए । कार्यक्रममा प्रेस चौतारीका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ, सहसचीव सिद्धार्थ केसी, पत्रकार अनिल भुसाल, स्थानिय समाजसेवि अगुवाहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष राधिका गैरेको अध्यक्षता,लिला गैरेको स्वागत मनतब्य,तुल्सा गैरेको संचालनमा सम्पन्न भएको थियो ।