१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

अर्घाखाँचीका पूर्व ट्राफिक प्रमुख आचार्य कास्कीमा सम्मानित

Workplace

अनिल नेपाली अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी बरिष्ठ नायब निरिक्षक प्रविन आचार्यलाई नवाैं राष्ट्रिय खेलकुदको अवधीभर शान्ति सुरक्षा चुस्त बनाएको तथा फरार प्रतिवादीको खोजी कार्यलाई तिब्रता दिइएको भन्दै सम्मान गरेको छ ।

आचार्यले आफ्नो पेशागत मर्यादालाई कर्तब्यनिष्ठ र अनुशासित बनाउदै प्रहरी सगठनमा राम्रो छवि बनाएका आचार्य ‘पुलिस अप दी मन्थ’ बाट सम्मानीत भएका हुन् । आचार्यले अर्घाखाँची, पाल्पा, गोरखा लगायतका जिल्लामा ट्राफिक प्रहरीको भवन निर्माण आफ्नो कार्यकालमा सम्पन्न गरी ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेका थिए ।

आचार्य पाल्पामा कार्यरत रहदा ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उत्कृष्ट ट्राफिक पुरस्कारबाट सम्मानीत भएका थिए ।

आचार्य नेपाल प्रहरीमा २०६३ सालमा प्रहरी सहायक निरीक्षक (असइ) बाट प्रबेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै