१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

सन्धिखर्क नगरपालिकाः सुचना दिन आनाकानी

Workplace

अर्घाखाँची । सुचना माग्ने प्रत्येक नागरिकको अधिकार हो । तर, यहाँ नागरिक त परै जाओस् पत्रकारले सूचना माग्दा पनि ६÷६ महिनासम्म अटेरी गरिएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकले सूचना दिन आनाकानी गर्छ ।

प्रतिभा मल्टिमिडिया नेटवर्क प्रा‍।लि द्वारा संचालित समाचारपोष्ट डटकमले खानेपानी पाइप र जस्तापाता बितरणमा अनियमितता भयो भन्ने गुनासो आए पश्चात् मिति २०७८ चैत्र १३ गते आधिकारिक निवेदन दिएर अर्थिक बर्ष २०७८र०७९ मा बितरण गरिएका खानेपानी पाइप र जस्तापाता प्राप्त गर्ने ब्याक्तिहरुको विवरण सम्पर्क सहित उपलब्ध गराउन निवेदन दिएको थियो ।

विवरण उपलब्ध गराउन दिएको निवेदनलाई जिन्सी शाखाले आवश्यक कारवाही गरि केही दिन मै सूचना उपलब्ध गराउने भनी निवेदन राख्यो ।

२०७८ चैत्र १४ गतेबाट उक्त सूचना नमाग्न भनी समाचारपोष्ट डटकमका संचालक एवं प्रधान सम्पादक भिम विश्वकर्मालाई दवाब दिन थालियो ।

२०७८ चैत्र १५ गते निवेदन अनुसारको सूचना उपलब्ध गराउनुस भनी जिन्सी शाखामा पुग्दा तपाइको फाइल तयार भएको छ भनि खोजेको बाहाना गरियो र हराएछ भन्ने नाटक मन्चन भयो । फाइल खोज्नुस अन्यत्र काम छ भनेर नगरपालिकाको कार्यालयबाट निस्किएको केही मिनेट नपुग्दै फेरि विभिन्न ब्याक्तिबाट सूचना माग नगर्न भनी प्रलोभन सहितका दवाब आउन थाले ।

२०७८ चैत्र १७ गते पुनः नगरपालिकाको जिन्सी शाखामा पुगेर सूचना माग गर्दा प्रशासकीय अधिकृत ज्युले यो सूचना उपलब्ध नगराउनु भनेर रोक्नु भएको भन्ने खबर आयो ।

त्यस लगत्तै पालिका निर्वाचन थियो । यी सबै घटनाक्रमले पालिकाका कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा वास्तविक पिडितले राहात नपाइ चाकरी र आफ्नो मान्छे हेरेर खानेपानी पाइप र जस्तापाता बितरण गरिएको तथ्यलाइ थप बलियो बनाएको देखिन्छ ।

नगरपालिकाले कुनै संचारगृहले वा ब्याक्तिले मागेको सूचना उपलब्ध अनिवार्य गराउनु पर्दछ । यसो नगर्नुले सन्धिखर्क नगरपालिकाको पार्दर्शिता माथी प्रश्न चिन्ह खडा भएको छ ।

@समाचारपाेष्ट डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै