२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

नागरिकतामा अपमानजनक नाम नराख्न गृह मन्त्रालयकाे निर्देशन

Workplace

काठमाण्डाै । गृह मन्त्रालयले नागरिकता प्रमाणपत्र जारी गर्दा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग नगर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले आज साेमवार विज्ञप्ति निकालेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको हो । यस्तै मन्त्रालयले यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

विभिन्न जिल्लामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग हुँदा समस्या परेको खबरहरू सार्वजनिक भएपछि हिजो आइतवार संसदमा समेत यसबारेमा कुरा उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै