३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

आजदेखि पर्सिसम्म देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

Workplace

काठमाण्डाै । आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

आजदेखि पर्सिसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले देशैभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुनेछ । यसले गर्दा पर्सीसम्म नै वर्षा हुने अनुमान गरिएको हो ।

राति पनि ठूलो पानी पर्ने भएकाले जोखिम अझै बढेको छ । भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्नेलाई सावधानी अपनाउन मौमविद्ले आग्रह गर्दै आएका छन् । यसपालिको वर्खामा औसत भन्दा बढी पानी पर्ने भएकाले पनि बाढी पहिरोको जोखिम धेरै छ । प्रि मनसुनमा नै औसत भन्दा धेरै वर्षा हुँदा धेरै ठाउँमा पहिरो गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै