४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

अर्घाखाँचीमा खोलामा डुबेर काका भतिजको मृत्यु

Workplace

प्रेमनारायण आचार्य सन्धिखर्क । अर्घाखाँचीको शितगंगा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिज २ जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर प्युठान नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले बताए।

प्युठान फोप्लीका उनीहरु शितगंगा नगरपालिका वडा नम्वर ९ औले निवासी हिरा घर्ती पल्लीको छोरीको न्वरानको भोज खान आएका थिए। शुक्रबार राती औले आएका उनीहरु शनिबार न्वरानको भोज खाएर खोलामा माछा मार्न गएका थिए।

माछा मार्न भन्दै जाल बोकेर खोलामा गएका उनीहरु खोलाको रहमा डुबेका थिए। शवको जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ। घटनाको बारेमा थप अनुसन्धानसमेत भैरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (67%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै