अर्घाखाँचीमा खोलामा डुबेर काका भतिजको मृत्यु

प्रेमनारायण आचार्य सन्धिखर्क । अर्घाखाँचीको शितगंगा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिज २ जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर प्युठान नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले बताए।

प्युठान फोप्लीका उनीहरु शितगंगा नगरपालिका वडा नम्वर ९ औले निवासी हिरा घर्ती पल्लीको छोरीको न्वरानको भोज खान आएका थिए। शुक्रबार राती औले आएका उनीहरु शनिबार न्वरानको भोज खाएर खोलामा माछा मार्न गएका थिए।

माछा मार्न भन्दै जाल बोकेर खोलामा गएका उनीहरु खोलाको रहमा डुबेका थिए। शवको जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ। घटनाको बारेमा थप अनुसन्धानसमेत भैरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै