सेवा प्रवाह कर्मचारीको पहिलो कर्तव्य होः घिमिरे

अनिल नेपाली अर्घाखाँची । अर्घाखाँची जिल्लामा पदस्थापन हुनु भएका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले ट्रेड युनियनकर्मीलाई कार्यालय समयमा शुसासनका माध्यमबाट राष्ट्र एवं नागरिकको सेवा गर्न र बाँकी समयमा मात्र आफ्ना पेसागत हक अधिकार सहित ट्रेड युनियन अभियानका गतिविधिमा सहभागी भै निजामती सेवालाई मर्यादित एवं व्यवस्थित बनाउन निर्देशन दिनु भएको छ । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन,अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्ने कार्यक्रममा बोल्दै जनताबाट समग्र कर्मचारी र ट्रेड युनियनलाई हेर्नु दृष्टिकोण सुधार्ने जिम्मा तपाई हाम्रो हो, हाम्रो पहिलो शर्त सेवा प्रवाह हो भन्दै अहिले संघीय निजामती ऐन आउने सन्दर्भमा पनि ट्रेड युनियन अधिकारको बारेमा धेरै चर्चा भएको समेत बताउनु भएको थियो । आधिकारिक ट्रेड युनियनले अर्घाखाँची जिल्लामा रचनात्मक क्रियाकलाप गर्दै आएको सुनेर आफु अत्यन्तै खुशी भएको र आगामी दिनमा पनि कर्मचारीहरुको हकहीत र अधिकारको लागि रचनात्मक क्रियाकलापमा आफ्नो सहयोग र समर्थन रहने समेत वचनवद्धता व्यक्त गर्नु भएको थियो ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले प्रमुख जिल्ला अधिकारी समग्र जिल्लाको अभिभावक रहेको र जिल्लाको शान्ति सुरक्षा लगायत समग्र कर्मचारी प्रशासन सबल, सक्षम र सफल बनाउन यहाँको उल्लेख्नीय भूमिका रहोस भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माले प्रमुख जिल्ला अधिकारीबाट समग्र कर्मचारीको हकहितमा गरिने सकरात्मक र रचनात्मक क्रियाकलापमा मार्ग निर्देशन र सहयोगको अपेक्षा गर्दै सफल र सक्षम कार्यकालको शुभकामना दिदै आधिकारीक ट्रेड युनियनले जिल्लामा गरेका र गरिने आगामी कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।

आधिकारिक ट्रेड युनियनले यही चैत्र २५ गते शुक्रबार जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम संचालन गर्न लागेको छ । नगद राशी रु ७०००/- प्रथम पुरस्कार, रु. ५०००/- दोश्रो पुरस्कार, रु. ३०००/- तेश्रो पुरस्कार र रु. १५००/- सान्त्वना पुरस्कार रहेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी, कार्यालय प्रमुख, सम्पूर्ण कर्मचारी र पत्रकारलाई अध्यक्ष वर्माले विशेष अनुरोध गर्नु भएको थियो ।

स्वागत कार्यक्रम निजामती कर्मचारीका अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, सह-सचिव मञ्जु खनालको स्वागत मन्त्वय र उपाध्यक्ष हरि प्रसाद डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img