
काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दा हेर्न थालेका छन् ।
पछिल्लाे समय सर्वोच्च अदालतका न्यायाधीशहरुले बेन्च बहिस्कार गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले राजीनामा नदिएसम्म बेन्चमा सहभागी नहुने उनिहरुको अडान छ । न्यायाधीशहरुको अडानका कारण सर्वोच्चको काम कारवाही प्रभावित बनेको थियो ।
सरकारको भागवण्डामा प्रधानन्यायाधीश सहभागी बनेको समाचार बाहिरिएपछि प्रधानन्यायाधीशविरुद्ध आलोचना सुरु भएको हो । चोलेन्द्र समशेर नैतिक रुपमा पदमा बसिरहन नमिल्ने बताउँदै १५ जना न्यायाधीशहरुले राणाको राजीनामा माग गरिरहेका छन् ।
न्यायाधीशहरुको बैठकले जबराले तोक्ने कुनै पनि पेसी नहेर्ने निर्णय गरेका थिए । मंगलबार बिहान मात्र न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई सामूहिक रुपमा भेटेर मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए । तर, जबराले ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको’ जवाफ फर्काएका थिए ।
यता भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दा हेर्न थालेका छन् । उनको एकल इजलासबाट ३ वटा मुद्दामा आदेश जारी भएको छ । अन्य न्यायाधीशहरू भने तोकिएका इजलासमा गएनन् । आज १६ न्यायाधीशका ११ वटा इजलास गठन भएको बताइएको छ ।