होलीलाई मर्यादित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना, देशभर २९ हजारभन्दा बढी प्रहरी परिचालन

काठमाण्डौ – नेपाल प्रहरीले फागु अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन पर्सिसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको छ । यसका लागि देशभर २९ हजार ३ सय ३३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका  प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले यसवर्षको होली शान्ति र  सौहार्द्धपूर्ण रहोस् भन्ने उद्देश्यसहित आजदेखि पर्सि १३ गते मङ्गलवारसम्मका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

काठमाण्डौ, ललितपुर र भक्तपुरमा होली सुरक्षित र मर्यादित बनाउन जिल्लाका ठाउँ ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाइएको छ । होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखि नै जाँचको व्यवस्था मिलाइएको छ । जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिएका छन् ।  यस्तै, ३० वटा मोबाइल भ्यान परिचालन छन् ।

प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि आग्रह गरेको छ । अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै