नार्क र चीनको सिचुवान एकेडेमी अफ साइन्सेसका पदाधिकारीबीच सहकार्य बिस्तारबारे छलफल

काठमाडौ ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडेमी अफ साइन्सेसका पदाधिकारीबीच आपसी सहकार्यका बिबिध विषयमा छलफल भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आज उक्त छलफल भएको हो ।
छलफलमा नार्कका कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराईले नेपालको कृषि अनुसन्धान प्रणाली, नार्कले विकास गरेका कृषि प्रविधिहरु, अनुसन्धानयोग्य समस्याहरु, भावी कार्यदिशा एवम् सिचुवान एकेडेमी र नार्कबीच समन्वय र सहकार्य हुनसक्ने सम्भाव्य विषयहरुबारे आफ्नो धारणा राखेका थिए । हालैका वर्षहरुमा सिचुवान एकेडेमीसँगको सहकार्य बढ्दै गएकोले दुबै देशका अनुसन्धानकर्ताहरुको नियमित भेटघाट र छलफलले सहकार्यका नयाँ विषयहरु खुल्दै गएकोमा खुशी व्यक्त गरे । उनले बालीनालीमा सुधार, माटो व्यवस्थापन, याञ्त्रीकरण, सिंचाइ, जलवायु परिवर्तन, क्रप मोडेलिंग, आपूर्ति श्रृंखला, क्षमता अभिवृद्धि जस्ता विषयमा सहकार्य गर्न नार्क तयार रहेको बताए । सिचुवान एकेडेमीले दिइरहेको सहयोग र साथप्रति उनले धन्यवाद दिए ।
यसैगरी सिचुवान एकेडेमीका उपाध्यक्ष झाङ सियोङले आफु नेपालमा पहिलोपटक आएको र नेपालले कृषिमा गरेको प्रगति देख्दा सन्तोष लागेको कुरा व्यक्त गरे । एकेडेमी र नार्कबीचको पुरानो सम्बन्ध अँझ प्रगाढ हुँदैगएको र एकेडेमीले नार्कलाई गरिरहेको सहयोग र साथ निरन्तर रहने बताए । नार्कले औंल्याएका अनुसन्धानयोग्य समस्याहरुमा आफ्नो ध्यान गएको र आगामी दिनमा ती समस्याहरु समाधानको लागि राम्ररी योजना बनाई सहकार्यको क्षेत्र विस्तार गर्नुपर्ने उनले बताए ।
उक्त कार्यक्रममा सिचुवान एकेडेमीका तर्फबाट विज्ञान प्रविधि तथा तालीम विभागका उपनिर्देशक डा. जियान सिन, , वु लिङ, ली सुई, झु योंगकोन, हु स्यू लगायतको सहभागिता थियो । यसैगरी नार्कको तर्फबाट बाली तथा वागवानी अनुसन्धान निर्देशक टिका कार्की, योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डे, प्रशासन निर्देशक नविनप्रकाश पौडेल, आर्थिक प्रशासन निर्देशक मनसकुमार कँडेल, योजना महाशाखा प्रमुख डा. टेकप्रसाद गोतामे, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्याय, वैज्ञानिक समय गैह्रे लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै