नक्कली भुटानी शरणार्थी प्रकरण : कुन छुटे, कुन थुनामै ?

काठमाण्डाै – उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित नौ जनालाई थुनामै राख्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीलाई थुनामै राख्न आदेश दिएको हो ।

तर यो प्रकरणमा संलग्न भएको अहिले नै प्रमाण नदेखिएकाले टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई भने ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । तर पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने निर्णयमा भने न्यायाधीशको मत बाझिएको छ ।

एक जना न्यायाधीशले  बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छुटाउन आदेश दिए पनि अर्का न्यायाधीशले थुनामै राख्न आदेश दिएपछि अब उनको मुद्दा अर्को इजलासमा जानेछ । बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी भने धरौटीमा रिहा भएका छन् ।

यस्तै, अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ । रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । भुटानी शरणार्थी नेता रिजालको पक्षका कानुन व्यवसायीले मानव तस्करीमा ‘असहयोग’ गरेका कारण रिजाललाई फसाइएको तर्क गरेका थिए ।

भुटानी शरणार्थीलाई अमेरिका लैजाँदा पैसा लिएको अहिले नै प्रमाणित नभएको र उनको स्वास्थ्य अवस्था नाजुक रहेको तथा शरणार्थी भएकाले भागेर विदेश जान नसक्ने देखिएकाले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न उचित हुने अदालतले जनाएको छ । थुनामै रहनेहरुमा रायमाझीसहित पूर्व सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई, आङ्टावा शेर्पा, सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरी रहेका छन् ।

यस्तै, धरौटीमा छुट्नेहरुमा टेकनाथ रिजाल, नरेन्द्र केसी र सन्दीप रायमाझीसहित हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शम्शेर मियाँ, आशिष बुढाथोकी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधर रहेका छन् । काठमाण्डौ जिल्ला अदालतले गएको असार १ गते थुनामा राख्न दिएको आदेशविरुद्ध प्रतिवादीहरुले उच्च अदालतमा निवेदन दिएका थिए । यो निवेदनमा हिजो सुनुवाइ सकि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

आमाको नागरिकतामा छोराको हस्ताक्षर

अण्डाकाे भाउ फेरि बढ्याे

- Advertisement -spot_img
-Advertisement-spot_img