५ प्रतिशत जनसङ्ख्या अझै शौचालयको अभावमा

काठमाण्डाै – आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सफाइ चेत विस्तार गर्न शौचालय दिवस मनाइन्छ । यस वर्ष संयुक्त राष्ट्र सङ्घले विश्व शौचालय दिवसको नारा परिवर्तनलाई बढावा दिऔँ भन्ने राखेको छ ।

नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त देश घोषणा गरिएको छ । तर अझै पनि झण्डै साढे ५ प्रतिशत जनसङ्ख्यासँग शौचालयको अभाव छ । सबै जनसङ्ख्यामा शौचालयको पहुँच पुर्याइ फोहरपानी र दिसाजन्य लेदो प्रशोधन गरी व्यवस्थापन गर्न सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने सरसफाइ अभियन्ताहरु बताउँछन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस अझै पनि खुलाठाउँमा दिसा.पिसाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले विश्वमा दैनिक एक हजार बालबालिकाको ज्यान जाने गरेको छ ।

खुला ठाउँमा दिसापिसाब गर्नाले यसले खानेपानीका स्रोत, मुहान, खोला, नाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन गइ आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकाले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिने गरिएको छ ।

नेपालले आधारभूत सरसफाइमा प्रगति हासिल गरे पनि सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइमा भने नेपालको प्रगति कमजोर रहेको विज्ञहरु बताउँछन् । आउँदा दिनमा विभिन्न कारणले शौचालयको सुविधा नपुगेको जनसङ्ख्यामा शौचालय निर्माण गर्ने र शौचालयको सेप्टिक ट्याङ्की भरिएपछि सुरक्षित तरिकाले खाली गरी ढुवानी एवं प्रशोधन गरी पुनः प्रयोग वा सुरक्षित व्यवस्थापन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

नेपालमा झण्डै ११ प्रतिशत जनसङ्ख्याको शौचालय ढल प्रणालीमा जडान गरिएको सरकारी तथ्याङ्क छ । ती मध्ये झण्डै ३ प्रतिशत जनसङ्ख्यामा मात्र प्रशोधन सहितको ढल प्रणालीमा समेटिएको छ । बाँकी ८९ प्रतिशत जनसङ्ख्याको शौचालय स्थलगत रुपमा व्यवस्थापन गरिँदै आएको छ । यस्तै, नेपालमा सार्वजनिक शौचालयको निर्माण र सञ्चालन पक्ष पनि कमजोर रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img