अर्घाखाँची ट्रेड युनियनका पूर्व अध्यक्ष भट्टराईको युनियन सचिवमा उम्मेदवारी घोषणा

अर्घाखाँची । कोभिडको संक्रमणका कारण पटक पटक स्थगित हुँदै आएको नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन फागुन २१ देखि २३ गतेसम्म हुने गरी नयाँ मिति तय भएसँगै कर्मचारी वृत्तमा सरगर्मी बढेको छ । जिल्ला र विभागीय कार्यसमितिका अध्यक्ष र महाधिवेशन प्रतिनिधि सहभागी हुने अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

यसैबीच राजनीति शास्त्रमा विद्यावारिधि गर्दै गरेका कर्मचारी युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष तथा आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष प्रकाश भट्टराईले युनियनको सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । यस विषयमा प्रकाश भट्टराईले भने ” म विगत १६ वर्षदेखि पेशागत हित र ट्रेड अधिकार प्राप्तिको अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएको र गाविस सचिव हकहित संरक्षण केन्द्र, कर्मचारी युनियन आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको सफलतापूर्वक नेतृत्व गरिसकेकोले अब हुने महाधिवेशनमा केन्द्रीय सचिव पदको स्वाभाविक उम्मेदवार हूँ !” उनले थपे “मैले नेतृत्व गरेका सबै संस्थामा फरक हिसाबले काम गर्दै संस्थागत विकास र संस्थाको उदेश्य प्राप्तिमा सफलता दिलाएको अनुभव आफूसङ्ग रहेकोले केन्द्रीय पदाधिकारी, जिल्ला/विभागीय अध्यक्ष तथा महाधिवेशन प्रतिनिधिहरुले निर्वाचनमा मलाई विजयी बनाउने विश्वास लिएको छु ।”

शालिन र इमान्दार कर्मचारीको पहिचान बनाउन सफल प्रकाश भट्टराईले कर्मचारी युनियन अर्घाखाँचीको नेतृत्व गर्दा पेसागत हित र ट्रेड युनियन अभियानसंगै जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान, पत्रकारिता पुरस्कार स्थापना, विपतमा परेका नागरिकलाई सहयोग वितरणका कार्यक्रम, सचेतनामुलक होडिङ बोर्ड, नागरीक सहायता कक्ष स्थापना लगायतका थुप्रै सामाजिक सेवाका कार्यहरू गर्दै जिल्लामा नेपाल निजामती कर्मचारी युनियनको पहिचान र प्रभाव विस्तार गरी आधिकारिक ट्रेड युनियनको निर्वाचनमा युनियनलाई झण्डै दोब्बर मतले विजयी बनाउन अहम् भूमिका निर्वाह गरेका थिए । भट्टराई राजपत्र अनंकित कर्मचारी संरक्षण अभियान( नायब सुब्बा बचाउ अभियान) को नेतृत्व गर्दै माग स्थापित गराउन क्रियाशील रहँदै आएका छन्।

निजामती सेवामा प्रवेश गरेसँगै जिल्ला स्तरीय युनियनका क्रियाकलापमा सक्रिय हुँदै जिल्लालाई सफल नेतृत्व प्रदान गरेको अनुभव भएकोले नेपाल निजामती कर्मचारी युनियनलाई देशभरमा कसरी प्रथम बनाउन सकिन्छ भन्ने खाका र योजना आफूसँग भएको र पेशागत हित सँगसँगै नेपालको सार्वजनिक सेवाको सुदृढीकरणका माध्यमबाट ट्रेड युनियनको भूमिका अभिवृद्धि गराउन युनियनको आसन्न महाधिवेशनबाट उपयुक्त भूमिका निर्वाह गर्न सक्ने गरी केन्द्रीय सचिव पदको जिम्मेवारी लिन खोजेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

२ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सरकारको निर्णय

आज बेलुका घरघरमा लक्ष्मीको पूजा आराधना गरिँदै

पढाइसँगै उत्पादन र आम्दानीको अभ्यासमा अन्नपूर्ण मावि, टमाटर खेतीबाट विद्यालयको आम्दानी बढ्दै

आज काग तिहार मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img