धन्चौर पाकुमा भलिबल प्रतियोगिता सम्पन्न, सितगंगा युवा क्लब बन्यो च्याम्पियन

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको भूमिकास्थान–१० मा आयोजित वडास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि सितगंगा युवा क्लबले जितेको छ।
  • प्रतियोगितामा द्वितीय स्थान जनजागरण युवा क्लब र तृतीय स्थान देउराली युवा समूहले हासिल गरेका छन्।
  • स्थानीय स्तरमा खेलकुदको विकास र युवाहरूमा आपसी सद्भाव बढाउने उद्देश्यले आयोजित प्रतियोगिता भव्य रूपमा सम्पन्न भयो।

हृदय भुसाल अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौर पाकुमा आयोजित वडास्तरीय खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि सितगंगा युवा क्लब, सितगंगा–६ ले जितेको छ भने आयोजक जनजागरण सामूहिक युवा क्लब दोस्रो र देउराली युवा समूह तेस्रो भएका छन्।
प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि भूमिकास्थान नगरपालिका–१० का कार्यवाहक वडा अध्यक्ष जनकलाल गैरेले खेलकुदले खेलाडीभित्र लुकेको प्रतिभा प्रस्फुटन गराउनुका साथै नयाँ प्रतिभाको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने भन्दै खेलकुद गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कात्तिक २० गतेदेखि सञ्चालन भएको प्रतियोगिता २२ गते सम्पन्न भएको हो। प्रतियोगितामा प्रथम हुने सितगंगा युवा क्लबले नगद ३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै दोस्रो हुने आयोजक जनजागरण सामूहिक युवा क्लबले नगद २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो हुने देउराली युवा समूहलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक नवीन घमले जानकारी दिनुभयो।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि सितगंगाका खेलाडी बाबुराम विकले प्राप्त गर्नुभएको छ। उहाँलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
प्रतियोगितालाई आर्थिक तथा अन्य सहयोग पुर्‍याउने नेपालगन्ज निवासी तथा हाल पोर्चुगलमा रोजगारीमा रहनुभएका सामाजिक तथा सहयोगी व्यक्तित्व दीपेश बराल, भूमिकास्थान–१० निवासी तथा हाल पोर्चुगलमा रहनुभएका इन्द्र घमलगायत सहयोगदातालाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको क्लबका अध्यक्ष लोकेश बुढाले बताउनुभयो।
प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट सहभागी खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेको र प्रतियोगिता भव्य तथा सभ्य रूपमा सम्पन्न भएको अरुण घमले बताउनुभयो। उहाँले प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुदप्रति थप आकर्षित गरेको बताउनुभयो।
युवाहरूबीच आपसी एकता, सद्भाव र भाइचाराको विकास गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने भन्दै आगामी दिनमा पनि खेलकुद गतिविधिलाई निरन्तरता दिनुपर्ने कपिल हमालले बताउनुभयो।
प्रतियोगिताको समापन कार्यक्रम क्लबका अध्यक्ष लोकेश बुढाको अध्यक्षता तथा भूमिकास्थान नगरपालिका–१० का कार्यवाहक वडा अध्यक्ष जनकलाल गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व जिल्ला सचिव एवं सामाजिक व्यक्तित्व हृदय भुसाल, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भोजन गुरुङ, सामाजिक तथा शैक्षिक व्यक्तित्व प्रेमलाल भट्टराई, भुवन खत्री, इन्द्र घमलगायतको आतिथ्यता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

२ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सरकारको निर्णय

आज बेलुका घरघरमा लक्ष्मीको पूजा आराधना गरिँदै

पढाइसँगै उत्पादन र आम्दानीको अभ्यासमा अन्नपूर्ण मावि, टमाटर खेतीबाट विद्यालयको आम्दानी बढ्दै

आज काग तिहार मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img