
- अर्घाखाँचीको भूमिकास्थान–१० धनचौरमा दीपावली तथा छठ पर्वको अवसरमा खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
- प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
- खेलकुदको विकास र आपसी सद्भाव कायम गर्ने उद्देश्यले आयोजित प्रतियोगिता २०८३ कात्तिक २० गतेदेखि सञ्चालन हुनेछ।
हृदय भुसाल अर्घाखाँची
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौरस्थित तल्ला पाकुमा शुभ दीपावली तथा छठ पर्वको अवसरमा खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
जनजागरण सामूहिक युवा क्लब भूमिकास्थान–१० धन्चौर तल्ला पाकुको आयोजनामा आगामी २०८३ कात्तिक २० गते शुक्रबारदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो।
“राष्ट्रिय खेल भलिबल, नेपालीको पहिचान र बल” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन आयोजकले सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीलाई आग्रह गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार र तृतीय हुने टिमले नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी लाई नगद २ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने नवीन घमले बताउनु भयो ।
प्रतियोगितामा सहभागी हुन टिमले ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। खेल टीटी प्रणालीमा सञ्चालन गरिनेछ भने अफिसियलसहित प्रत्येक टिममा ९ जना रहने व्यवस्था गरिएको छ। सहभागी खेलाडीले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ। खेलाडीको खाना तथा बसोबासको व्यवस्था स्वयं खेलाडीले गर्नुपर्नेछ। खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम हुने नियम बनाइएको लोकेश बुढाले बताउनु भयो ।
क्लबका लोकेश बुढाथोकीका अनुसार प्रतियोगिताले गाउँमा खेलकुदको वातावरण निर्माण गर्नुका साथै युवाहरूको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलाडी तथा खेलप्रेमीलाई सहभागिताका लागि आग्रह गर्नुभयो।
भलिबल खेलको विकास र युवाहरूबीच आपसी एकता, सद्भाव तथा भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी तथा सहयोगी मनहरूलाई आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग गरिदिन नवीन घमले आग्रह समेत गर्नुभयो।
खेलाडीहरुले समयमै आफ्नो टिमको नाम दर्ता गरि उत्साहजनक तबरले सहभागी हुन , गगन बुढा मगर आग्रह गर्नु भयो ।
अरुण घमले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाउनुका साथै नयाँ खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
चाडपर्वको अवसरमा आयोजना हुने यस्ता खेलकुद कार्यक्रमले गाउँमा उत्साह र उमङ्ग थप्ने बताउँदै प्रतियोगितामा बढीभन्दा बढी खेलाडी तथा दर्शकको उपस्थिति रहने अपेक्षा रहेको कपिल हमालले बताउनु भयो ।
प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको सक्रिय सहभागिता तथा सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पुर्याउने आयोजकको अपेक्षा छ।
आयोजकले थप जानकारी तथा टिम दर्ताका लागि सम्पर्क नाम नम्बर समेत सार्बजनिक गरेको छ ।
लोकेश बुढाथोकी : ९७०७५८७६३६
नवीन घर्ती मगर : ९८४०८९१७१०
गगन बुढा मगर : ९८४०६०६०६१


























