धन्चौर क्रिकेट प्रतियोगिताको उपाधि मालारानीलाई, आयोजक धन्चौर युवा समाज उपविजेता

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको धन्चौरमा सञ्चालित खुला क्रिकेट प्रतियोगिताको उपाधि मालारानी क्रिकेट क्लबले जितेको छ।
  • विजेता मालारानीले नगद एक लाख रुपैयाँ र उपविजेता आयोजकले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
  • युवाहरूको खेल प्रतिभा पहिचान र आपसी एकता अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो।

हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौर आरिचौरमा सञ्चालित खुला क्रिकेट प्रतियोगिताको उपाधि मालारानी क्रिकेट क्लबले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा आयोजक धन्चौर युवा समाजलाई पराजित गर्दै मालारानीले उपाधि चुमेको हो।
प्रतियोगितामा आयोजक धन्चौर युवा समाज उपविजेता बनेको छ। उपाधिसँगै मालारानीले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता धन्चौर युवा समाजले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिताको समापन कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सन्दीप गैरेको अध्यक्षता तथा भूमिकास्थान नगरपालिका–१० का वडा अध्यक्ष खगेश्वर पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा कृष्ण गैरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने शेशकान्त गैरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
समापन कार्यक्रममा प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक तथा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा सहयोगीहरूप्रति आयोजकका तर्फबाट धन्यवाद व्यक्त गरिएको थियो। प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा गरिएको आर्थिक संयोजक ऋषिकेश आले (विप्लव) ले बताउनुभयो।
स्थानीय युवाहरूको खेल प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने, खेलकुदमार्फत आपसी एकता र भाइचारा अभिवृद्धि गर्ने तथा धन्चौर क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सन्धिखर्कमा नेकपा अर्घाखाँचीको राष्ट्रिय जागरण अभियान भव्य रूपमा उद्घाटन

बिचौलिया–न्यायाधीश सम्बन्धबारे छानबिन गरी निष्कर्ष सार्वजनिक गर्न सर्वोच्च फुलकोर्टको आग्रह

आरिचौरमा आज क्रिकेटको फाइनल, विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने

पाल्पामा नेपाली कम्युनिस्ट पार्टीद्वारा राष्ट्रिय जागरण अभियान सुरु

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

- Advertisement -spot_img
-Advertisement-spot_img