समानुपातिकतर्फको मतपत्र छपाइको तयारी

काठमाण्डौ – आउँदो फागुन २१ गते तय भएको प्रतिनिधिसभा चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र छपाइ शुरू गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन १० गतेसम्म सबै जिल्लामा मतपत्रलगायत चुनावका लागि आवश्यक सामग्री पुर्याउने गरी काम गर्नेक्रममा समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गर्न लागिएको जानकारी गराउनुभएको हो । समानुपातिकतर्फको मतपत्र सबै जिल्ला र निर्वाचन क्षेत्रमा एकै प्रकारको हुने भएकाले छपाइ शुरू गर्न लागिएको उहाँको भनाइ छ ।

प्रत्यक्षतर्फको मनोनयन भने आउँदो माघ ६ गते तोकिएको छ । प्रत्यक्षतर्फ हरेक निर्वाचन क्षेत्रमा फरक मतपत्र चाहिने हुँदा माघ ९ गतेपछि मात्र छपाइ शुरू गरिने प्रवक्ता भट्टराईले बताउनुभयो । दुवै निर्वाचन प्रणालीलाई गरी चार करोड मतपत्र छाप्न लागिएको आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ दुई करोड र समानुपातिकतर्फ पनि दुई करोड गरी चार करोड मतपत्र छाप्न लागिएको हो । आउँदो फागुन २१ गते हुने चुनावका लागि एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् ।

मतदाता सङ्ख्याका आधारमा दुवै चुनाव प्रणालीतर्फ दुई/दुई करोड गरी चार करोड मतपत्र छपाइ गर्न लागिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img