धन्चौरमा क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको भूमिकास्थान–१० धन्चौरमा एक लाख रुपैयाँ राशिको खुला क्रिकेट प्रतियोगिता सुरु भएको छ।
  • मुनलाइट युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा १४ टिम सहभागी छन् र विजेताले एक लाख तथा उपविजेताले ५० हजार पाउनेछन्।
  • नगरप्रमुख झबिलाल थापाले खेलकुदले पर्यटन प्रवर्द्धन र आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

हृदय भुसाल अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौरस्थित आरिचौर खेलमैदानमा एक लाख रुपैयाँ राशिको खुला क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन विशेष कार्यक्रमका बीच भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले गर्नु भएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख थापाले खेलकुदले आपसी एकता, सद्भाव र भाइचारालाई कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धनसँगै स्थानीय खेल  क्षेत्रको विकासमा समेत अतुलनीय योगदान पुग्न सक्ने धारणा व्यक्त गर्नुभयो।अर्घाखाँची जिल्लाको पर्यटकिय  क्षेत्रमा क्रिकेट प्रतियोगिता आयोजना हुनु गौरवको विषय हो। खेलकुदले यस क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउनुका साथै पाथीभरा मन्दिर, चिया बगान र होमस्टेको विकास तथा प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउनेछ,” नगरप्रमुख थापाले भन्नुभयो।उहाँले खेलमैदानमा आवश्यक शौचालय निर्माणलगायत अन्य भौतिक पूर्वाधार विस्तारका लागि आवश्यक योजना बनाई अगाडि बढ्ने बताउनु भयो । साथै, प्रतियोगितामा सहभागी खेलाडीलाई अनुशासित र मर्यादित ढङ्गले आफ्नो प्रतिभा प्रस्तुत गर्न आग्रह गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा भूमिकास्थान नगरपालिका–१० का वडाध्यक्ष खगेश्वर पन्थीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा जनप्रतिनिधि, सामाजिक तथा राजनीतिक व्यक्तित्व, समाजसेवी, खेलप्रेमी र सहयोगीहरूको आतिथ्यता रहेको थियो।
मुनलाइट युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन समारोह क्लबका अध्यक्ष सन्दीप गैरेको अध्यक्षता, कृष्ण गैरेको स्वागत मन्तव्य तथा लिलबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो।
आयोजकका अनुसार प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
स्थानीय क्षेत्रमा खेलकुदको विकास, युवाको प्रतिभा पहिचान र खेल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले धन्चौर क्षेत्रको पहिचान विस्तार गर्न तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। मुललाईट युबा क्लबका अध्यक्ष सन्दीप गैरेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

मध्यपूर्वमा तनाव थप चर्कियो

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img