सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएलगत्तै उनीहरुका समर्थक उत्साहित भएका छन् । नयाँ र वैकल्पिक शक्तिहरुबीचको एकताले मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने भन्दै उनीहरु उत्साहित भएका हुन् ।

सहमतिमा हस्ताक्षर गरेपछि छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको हो ।

मध्यराति भएको सहमतिअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र चुनाव चिन्ह घण्टी हुनेछ । पार्टीको सभापति रवि लामिछाने हुने र प्रतिनिधिसभाको चुनावपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने सहमति भएको छ ।

यसअघि उज्यालो नेपाल पार्टीलाई पनि समेटेर एकताको प्रयास भएको थियो । तर पार्टीका संरक्षक कुलमान घिसिङले अस्तित्वको प्रश्न उठाउँदै असहमति जनाउनुभएको थियो । पार्टीको नाम रास्वपा नै हुने, उसैको चुनाव चिन्ह रहने, सभापति रवि र प्रधानमन्त्री बालेन हुने, कुलमान र उज्यालो पार्टीको अस्तित्व नै नरहने भन्दै उहाँ छलफलमा सहभागी हुनु भएको थियो ।

कुलमानले असहमति जनाएपछि रास्वपाका सभापति रवि लामिछाने र बालेन शाहबीच गएराति अबेरसम्म भएको छलफलपछि सातबुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img