अर्घाखाँचीमा काठ उत्पादन बढ्दा खपत घट्याे थन्कियाे काठ

अनिल नेपाली।अर्घाखाँची जिल्लामा पछिल्लो पाँच वर्षको अन्तरालमा काठ उत्पादनमा उल्लेख्य वृद्धि भए पनि उपभोक्ताको माग भने निरन्तर घट्दो क्रममा रहेको छ । डिभिजन वन कार्यालयका अनुसार वनबाट उत्पादन हुने काठको परिमाण बढे पनि बजारमा खपत नहुँदा ठूलो मात्रामा काठ मौज्दात रहने अवस्था सिर्जना भएको हो ।जिल्ला वन कार्यालयका वरिष्ठ वन अधिकृत गणेश चौधरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७ हजार ६ सय ५० क्युफिट काठ उत्पादन भएकोमा सोही वर्ष सम्पूर्ण काठ खपत भएको थियो । तर, त्यसपछिका वर्षहरूमा उत्पादन बढे पनि बिक्री ओरालो लागेको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०८०/८१ मा १० हजार ५ सय क्युफिट काठ उत्पादन हुँदा जम्मा २ हजार ९ सय ४२ क्युफिट मात्र बिक्री भई करिब ७ हजार ५ सय क्युफिट काठ बाँकी रह्यो ।त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा १७ हजार २ सय २३ क्युफिट उत्पादन भएकोमा ५ हजार ३७ क्युफिट मात्र बिक्री भई १२ हजार १ सय ८५ क्युफिट काठ स्टक रहेको छ । चालू आर्थिक वर्षमा १८ हजार ९ सय ५० क्युफिट काठ उत्पादन भए पनि हालसम्म न्यून मात्रामा मात्र बिक्री भएको छ, यद्यपि समय बाँकी रहेकाले माग बढ्ने अपेक्षा कार्यालयले लिएको छ ।काठ सर्वसुलभ र सस्तो हुँदाहुँदै पनि माग घट्नुमा मूल्य नभई अन्य कारणहरू मुख्य देखिएका छन् । लुम्बिनी प्रदेश वन निर्देशनालयले तोकेको मापदण्ड अनुसार ‘ए’ ग्रेडको काठको १०० रुपैयाँदेखि ‘डी’ ग्रेडको २० रुपैयाँसम्म मात्र पर्ने भए पनि उपभोक्ताको आकर्षण घटेको छ । वन अधिकृत चौधरीका अनुसार घर निर्माण कार्यमा आएको कमी, कानुनी जटिलता, आल्मुनियमको बढ्दो प्रयोग, विदेशी देखासिकी र गोलिया काठ किन्दा सस्तो परे पनि चिरान गर्दा खर्चिलो हुने जस्ता कारणले काठको खपत घटेको हो ।जिल्लाको कुल क्षेत्रफलको ५८ प्रतिशत अर्थात् ७३ हजार २ सय ८ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ, जसमध्ये ३४ हजार हेक्टर क्षेत्रफल सामुदायिक वन अन्तर्गत पर्दछ । जिल्लाभर रहेका ४४६ वटा सामुदायिक वनहरूबाट वार्षिक १ लाख ४० हजार क्युफिट काठ उत्पादन हुने क्षमता रहेको छ । सन्धिखर्क, भूमिकास्थान, शितगंगा लगायतका विभिन्न पालिकामा रहेका यी सामुदायिक वनहरूले काठ बिक्रीबाट हुने आम्दानी विकास निर्माणमा खर्चिने गरे पनि पछिल्लो समय खपत नहुँदा समस्या देखिएको वन कार्यालयले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै