खुद्रा जिन्दगी

निम्बतरु

जिन्दगी त सानोतिनो दुकान नै हो
खुद्रा

महिनौं यसै रहिरहन्छ कति सामान
केही पल पल बिक्छ
केही माग पुर्याउनै मुश्किल
केही सडेर
कोही यत्तिकै कोहीबाट कोपरिएर
केही म्याद गुज्रेर रहन्छ
जिन्दगीको खुद्रा पसल

दुकान पनि के भन्नु र ?
त्यस्तो पलट कहाँ छ र ?
सार्वजनिक शौचालय जस्तो लाग्छ जिन्दगी
त्यो पनि बस स्टेशनको
शौचालयको युरेनलजस्तो
लगातार पिसाबको धारा
वरिपरि सँगसँगै
आफूसँग लय मिलाएर पिसाब बगाइराखेको
दुकान र शौचालय
एवं नेपाली राजनीति
जिन्दगी जस्तो सबै उस्तै
यी दुवै रिसाइकल गर्यो अर्को बन्ला
जिन्दगी रिसाइकल न सिसाइकल
पिसाबसँगै बगिरहेछ

जिन्दगी त नाङ्ले पसल पो हो बरु
घनघोर

तर लाग्छ जिन्दगी
कुनै कुल्लिको पानीबुटजस्तो
प्राय: नाली र शौचालयमा कुल्चिरहनुपर्ने
जो कुल्लिले पनि जस्तो खुट्टापनि छिराए भयो
के सोच्दो हो पानीबुटले
जस्तो सोच्छ एउटा नाङ्ले पसलेले

जिन्दगी खुद्रा पसल
खिचिरमिचिर सामानले भरिएको
खत्राङखुत्रुङ भद्रगोल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै