नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत  प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालयलाई ज्ञापन पत्र

हृदय भुसाल अर्घाखाँची ।राजाबादी समूहको प्रदर्शनका क्रममा सञ्चारकर्मी तथा सञ्चारगृहमा भएको आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपुर्तिका साथै घाइते पत्रकारको उपचार गर्न नेपाल पत्रकार महासंघ अर्घाखाँचीले  जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत  प्रधानमन्त्री तथा मन्त्रीपरिसदको  कार्यालयलाई ज्ञापन पत्र पठाएको छ ।
पत्रकार महासंघ अर्घाखाँची  शाखाका अध्यक्ष गणेश खनाल,प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य,प्रदेश सदस्य हिम जि.सि लेकाली पुर्ब अध्यक्ष शोभाखर पन्थी सहितको पत्रकारको टिमले  अर्घाखाँची जिल्लाका  प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल लाई ज्ञापनपत्र सोमबार बुझाएको हो । यही चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले मिडियाको  भवनमा ढुंगामुढा गरी क्षति पुर्याएको थियो । भने अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुँइतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पुर्याएको थियो ।
भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको छ । भने हिमालय टेलिभिजनको सवारी साधनमा तोडफोट गरी क्षति पुर्याएको छ । पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको छ भने फोटो पत्रकार निराज तामाङ्को क्यामेरा  हराएको लगायतका घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत् बुझाएको ज्ञापनपत्रमा ज्यान गुमाएका पत्रकारकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारवाही गर्न तथा परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग गरिएको पुर्ब अध्यक्ष शोभाखर पन्थीले बताउनु भयो । साथै सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याएका सञ्चागृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपुर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग गरिएको अध्यक्ष गणेश खनालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img