एउटा चरा

निम्बतरु

एउटा चरा सधैं जसो
मेरो घरको बार्दलीमा आइपुग्छ
आँगनमा,दलानमा र करेसामा खेल्छ

मैले उस्लाई चिन्दैन
ऊसँग मेरो नाता-सम्बन्ध पनि छैन
तर ऊ
मेरो आफ्नै झैं चिरबिर गरेर के के भन्छ भन्छ
मैले उस्को भाषा बुझ्दैन

आज सपनामा पनि त्यो चरा आयो
ब्युँझेपछि लाग्यो
चरासँग मेरो कतै न कतै सम्बन्ध छ
त्यो तिमी हौ कि जस्तो लाग्यो
जो अर्धाङ्ग बन्न सकेन
जो बीच बाटोबाट नै छुटेको हो
जो तिमीले पनि थाहा नपाउने गरि सुटुक्क उडी आउँछ
त्यो चरा
त्यो तिम्रो हंस

मैले पनि धेरै पछि महसुस गरें
चराले हरेकदिन एउटा-एउटा प्वाँख छोडेर जाँदोरहेछ
चिरबिर तिम्रै गुनासो लाग्छ
यो दैनिकको आगमन
मेरै निगरानी लाग्छ
त्यतिबेला भन्न छुटाएका शब्दहरु आज भन्दैछौ लाग्छ

यो वास्तविक प्रेम रहेछ
अचेल उस्लाई छुन खोज्छु
समात्न खोज्छु
तर उस्लाई जति छुन खोज्छु उति टाढा हुन्छ
लाग्छ
तिमी आज पनि पिँजडामा रहन चाहदैनौ
हिजो जस्तै
तिमी मेरो पिँजडामा रहन चाहदैनौ थियौ ।
जस्लाई घरबार भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै