रगतको धुप दिएर

निम्बतरु

अहिले पनि पितृलाई चढाएर आटो खाइन्छ दिनानु
भगवानलाई नचढाई कुनै फल खाइदैन
नयाँ मकै नागलाई दूधको धार नदिई खाइदैन
कुनै न कुनै नयाँ अन्न
कुनै न कुनै प्रकृतिलाई चढाएर खाइन्छ
कुनैदिन राजारजौटालाई चढाएर खाइएहोला

यस्तो लाग्छ
आफ्नै खुट्टाले आफ्नै रगत नटेकिएको हो
तर
घामका किरणहरुलाई कुल्चदै कुल्चदै
जून समक्ष
क्षमा माग्न पुगेको हो

चढाएको हो शीर
ईश्वरको सालिक अगाडि ।

भाले र परेवा
ध्वजा र तोरण
चढाएकै हो नौवेद्य
चढाएकै हो पानसुपारी
फलफूल कतिकति
अब चढाउन बाँकी यो जीब्रो छ
चढाउँ त हजुर
ईश्वरले बेवास्ता गरेको जीब्रो ?

रगतको धुप दिएर
भुँयार पुजेर
आम रगत र पसिना
आँसु र वेदना ,सुस्केरा र सराप टेकेर
ईश्वरको सालिकले
करुणामाथि वेदना थप्छ त
अनि सकिन्छ दिनानुदिन चढाउन मन ।

चढाएको चीजहरु कैल्यै खाएन
तर प्रेम र भ्रातृत्व खाइरहेछ
ईश्वरको सालिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै