११ लाखभन्दा धेरै किशोरीले लगाए एचपीभी खोप, सबैभन्दा धेरै बाग्मती प्रदेशमा

काठमाण्डौ – माघ २२ गतेदेखि शुरू भएको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा अहिलेसम्म ११ लाखभन्दा धेरै किशोरी सहभागी भएका छन् ।

अभियान शुरू भएको ९ औं दिन अर्थात माघ मसान्तसम्म ११ लाख ६१ हजारभन्दा धेरै किशोरीले खोप लगाएका स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा २ लाख २४ हजार ७०२ जनाले खोप लगाएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ८७ हजार ९०४ जना किशोरीले खोप लगाएका छन् ।

यस्तै, मधेस प्रदेशमा १ लाख ८१ हजार ४८९, गण्डकीमा ९८ हजार १७३, लुम्बिनीमा २ लाख १० हजार ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ४० हजार ४३७ जना किशोरीले खोप लगाएका महाशाखाले जनाएको छ ।

आउँदो मङ्गलवारसम्म चल्ने अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिने सरकारको लक्ष्य छ ।

परिवार कल्याण महाशाखाका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान भइरहेको हो ।

नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img