संसद्को हिउँदे अधिवेशन आजदेखि : अध्यादेशका कारण बैठक पेचिलो हुन सक्ने सङ्केत

काठमाण्डौ – सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ ।

यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । यो अधिवेशनमा झण्डै ३० विधेयक संसद्मा लैजाने तयारी सरकारको छ । यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन् ।

हालै सरकारले जारी गरेका ६ वटा अध्यादेश पनि संसद् बैठकको पहिलो दिनमै दर्ता हुँदैछन् । संसदमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्त्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् ।

ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ । सङ्घीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।

यस्तै, अधिवशेन शुरू भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्नुहुने कार्यसूची रहेको छ ।

यसैबीच, विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेश स्वीकार नगर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सात दलहरु सहभागी भएको र बैठकले संसद अधिवेशनमा जनसरोकारका विषयहरु एकमत भएर उठाउने निर्णय गरेको बताउनुभयो ।

उहाँले सरकारले अध्यादेश गलत विधि र प्रक्रियामार्फत ल्याएको भन्दै यसलाई अस्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

संसद बोलाउने बेलामा नै अध्यादेश ल्याउनु गलत  मनसाय रहेको विपक्षी दलहरुको निष्कर्ष छ । उहाँले सरकारकोविरुद्धमा आवश्यक परे सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img