६ महिनामा नौ खर्ब २१ अर्बको अन्तर्राष्ट्रिय व्यापार : निर्यात ३१ प्रतिशतले बढ्यो

काठमाण्डौ – सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको मुख्य आर्थिक सूचक सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयका अनुसार ६ महिनाको अवधिमा नौ खर्ब २१ अर्ब रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको छ ।

अघिल्लो वर्ष यसै अवधिमा आठ खर्ब ४३ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएकोमा यो वर्ष १० प्रतिशतले बढेको हो । ६ महिनाको अवधिमा आठ खर्ब २२ अर्ब ३७ करोड रूपैयाँ बराबरको आयात भएको छ ।

गएको वर्ष यसै अवधिमा सात खर्ब ६८ अर्ब १७ करोड रूपैयाँ बराबरको आयात भएकोमा यस वर्ष ७ प्रतिशतले बढेको छ । यस्तै यो ६ महिनाको अवधिमा ९८ अर्ब ७९ करोड रूपैयाँको वस्तु निर्यात भएको छ ।

गएको वर्ष यसै समयमा ७४ अर्ब ९७ करोड रूपैयाँको मात्रै निर्यात भएकोमा अहिले ३१ प्रतिशतले बढेको हो । आयाततर्फ कच्चा भटमासको तेल, शुद्ध फलाम र सूर्यमुखी तेल तथा निर्याततर्फ पनि भटमासको तेल, सूर्यमुखी तेल र धागोको वृद्धिदर धेरै छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले बढेको छ । त्यसैगरी पहिलो ६ महिनामा सरकारको खर्च ७.८ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img