५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयाे

काठमाण्डाै – साउनदेखि मङ्सिरसम्मको ५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५ महिनामा देशभर १ हजार १ सय १६ वटा आगलागीका घटना भएकामा १६ जनाको ज्यान गएको हो । एक सय ४५ जना घाइते भएका नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायाको क्षति भएको छ । आगलागीबाट २९ परिवार विस्थापित भएका र झन्डै ५० करोड रुपैयाँ बराबर क्षति भएको प्रहरीको तथ्याङ्क छ ।

साउनदेखि मङ्सिरसम्म नेपालमा आगलागीको सामान्य जोखिम भएका महिना हुन् । विशेषगरी पुसदेखि जेठसम्म आगलागी र डढेलोका धेरै घटना हुने गरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै