राजमो अर्घाखाँची एकमना एकतासहित क्रियाशील छ : केसी

राष्ट्रिय जनमोर्चा अर्घाखाँची एकमना एकतासहित क्रियाशील रहेको दावी गरिएको छ ।

२०८१ असोज १५ गते मङ्गलबार राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले प्रेसवक्तव्य जारी गर्दै सो दावी गर्नुभएको हो ।

“जिल्ला समितिको सिङ्गो टिम क्रान्तिकारी उत्साहका साथ एकमना एकतासहित पार्टीमा क्रियाशील रहेको कुरा आम पार्टीपङ्क्ति जानकार नै छ” अध्यक्ष केसीले वक्तव्यमा भन्नुभएको छ ।

“हाम्रो पार्टी परित्याग गरी सार्वजनिक रूपले नै स्वतन्त्र भएको घोषणा गरेका, पार्टीको कारबाहीमा परेका वा लामो समयदेखि पार्टीसँग सम्बन्धविच्छेद गरी आफ्नो पेसाव्यवसायमा रहेको व्यक्तिहरूलाई राष्ट्रिय जनमोर्चाका नेताकार्यकर्ता भनेर भ्रम छर्नु एमालेको हद दर्जाको राजनीतिक बेइमानी हो” वक्तव्यमा भनिएको छ– “एमालेले हाम्रो पार्टीका विरुद्ध गरेको कुप्रचारको हामीले कडा शब्दमा विरोध तथा भर्त्सना गर्दछौँ ।”

आफ्नो जिल्लाको मुख्यमन्त्री आएको कार्यक्रम हेर्न गएकालाई समेत चौतारीमा उभिएर “चौवन्नी” मा सदस्यता बाडेको उल्लेख गर्दै वक्तव्यमा माननीय मुख्यमन्त्रीलाई पदीय गरिमालाई नघटाउनसमेत आग्रह गरिएको छ ।

वक्तव्यमा एमालेले फैलाएका सबै भ्रमहरूलाई चिर्दै पार्टीमा एकताबद्ध भएर लाग्न सम्पूर्ण पार्टीपङ्क्ति तथा सदस्यहरूलाई अपिलसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै