संघीयता विरुद्ध जनमाेर्चाले १ हप्ते काठमाडौं केन्द्रित आन्दोलन गर्ने

टेकराज भुसाल बुटवल ।  संघीयताविरुद्ध संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चाले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ।
बुटवलमा सम्पन्न राजमोको राष्ट्रिय परिषद बैठकले सप्ताहब्यापी काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।

जनआन्दोलन दिवसको अवसर पारेर आगामी चैत २४ गते काठमाडौंमा संघीयता खारेजीको आन्दोलन सुरु हुने महासचिव भट्टले बताउनुभयो ।

सो आन्दोलन चैत ३० सम्म सञ्चालन हुने छ ।

राष्ट्रिय जनमोर्चाले प्रादेशिक संरचनाका कारण विकास खर्च कटौती गरेर प्रदेशका मन्त्री, सांसद पाल्नुपरेको, जनताले अनावश्यक करको बोझ बोक्नुपरेको, वैदेशिक ऋण बढेको, राष्ट्रियता तथा अखण्डतामाथि खतरा बढेको, राष्ट्रिय एकतामा खलल पुगेको तथा केन्द्रको विकृत राजनीति देशका सात ठाउँमा विकेन्द्रित भएको निष्कर्षसहित संघीयता खारेज गर्नुपर्नेमा जोड दिएको हो।

संघीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रियतासहितको एकात्मक राज्य हुनुपर्ने धारणा अघि सारेको छ । राजमोले स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै