सरकार र सहकारी पीडितबीच सम्झौता, धर्ना र रिले अनसन स्थगित

काठमाण्डौ – सरकार र सहकारी पीडितबीच सम्झौता भएको छ । सम्झौतासँगै १ सय ८ दिनदेखि रत्नपार्कमा चलिरहेको सहकारी पीडितको रिले अनसन तथा धर्ना स्थगित भएको छ ।  हिजो बेलुकी सरकार र सहकारी पीडितबीच सहकारी बचत अपचलनका विषयमा छानबिन समिति बनाउन सहमति भएको हो ।

पीडितको बचत फिर्ता र ऋण असुलीसम्बन्धी समस्याको पहिचान गर्न सहकारी विभागका उपरजिष्ट्रारको नेतृत्वमा ५ सदस्यसमिति गठन गर्ने सहमति भएको छ । समितिमा सहकारी मन्त्रालय, सहकारी महासङ्घ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको प्रतिनिधि हुनेछन् ।

समितिले समस्यामा परेका सहकारी सङ्घसंस्थाका पीडितको बचत फिर्ता र ऋण असुलीलगायत विषयको पहिचान तथा समाधानमा आवश्यक तथ्याङ्क सङ्कलन र विश्लेषण गर्नेछ । यस्तै समस्याउन्मुख सहकारी सङ्घ संस्थाको निरीक्षण अनुगमन गरी एकीकृत र खण्डीकृत सबै विवरण सङ्कलन गर्नेछ ।

सङ्कलित तथ्याङ्क विश्लेषण गरी समितिले रायसहितको प्रतिवेदन विभागमा पेस गर्नेछ । समितिले निरीक्षण र अनुगमन गरेका सहकारी सङ्घ संस्थाको वित्तीय विश्लेषण गरी राम्रोसँग चलेका, समस्याउन्मुख र गम्भीर समस्यामा परेका सहकारीको वर्गीकरण गरी अफ्नो रायसहित आवश्यक कारबाहीका लागि सुझाव दिनेछ

यसअघि दुई पटकसम्म मन्त्रालय र पीडितबीच भएको सहमति कार्यान्वयन गर्ने र हरेक महिनाको अन्तिम आइतवार समितिको कार्य प्रगतिका बारेमा बैठक बस्ने सहमति पनि भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img