नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाल्पाली नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय निर्वाचित

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाल्पाली नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय निर्वाचित भएका छन् । मंगलबार पदाधिकारीका लागि भएको निर्वाचनमा पाण्डेयले १ सय ४१ मत लिएर सचिवमा निर्वाचित भएका हुन् ।

सचिव खुलाको पाँच पदमा २७ जनाको उम्मेदवारी परेको थियो । जसमा पाण्डेयले उत्कृष्ट मत ल्याएर सचिवमा निर्वाचित भएका हुन् । पाल्पाको मदनपोखरामा जन्मिएका पाण्डेय कानुनमा स्नातक हुन् । २०३० सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी शिक्षण पेशामा रहेका बेला बहुदलको पक्षमा सक्रिय हुँदा २०३६ सालमा ३२ दिन जेल परेका थिए । २०४० सालमा नेकपा (माले) को गाउँ कमिटी उपसचिव बनेका पाण्डेय इलाका सदस्य हुँदै २०५१ सालपछि लगातार १७ वर्ष जिल्ला कमिटी सदस्य रहे । त्यसपछि पाँच वर्ष राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय विभागहरू हुँदै नेकपा (एमाले)को केन्द्रीय सदस्य र पाल्पा इन्चार्जको जिम्मेवारीमा पुगेका थिए । केही समय वकालत गरेका पाण्डेय नेपाल बार एशोसिएसन पाल्पाको अध्यक्ष पनि भए ।

२०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा–२ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०५६, २०७० र २०७४ को निर्वाचनमा पनि विजयी भए । पाण्डेयले २०६४ सालको दोस्रो संविधानसभा निर्वाचन भने हारे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचन जितेका उनी २०७२ मा उद्योगमन्त्री बनेका थिए । एमाले विभाजनपछि उनी नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भए । पार्टीको पाल्पा इन्चार्ज र लुम्बिनी प्रदेश अध्यक्ष रहेका पाण्डेय २०७९ को निर्वाचनमा काँग्रेस, माओवादी सहितको गठबन्धनबाट पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भई नेकपा एमालेका ठाकुर गैरेसँग पराजित भएका थिए । यद्यपी पाण्डेय पाल्पाको विकासमा भने अहिले पनि उत्तिकै तल्लीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img