आज गाईजात्रा पर्व मनाइँदै : काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाण्डौ – आज गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गर्ने गरिएको हुँदा हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने मान्यता छ । काठमाण्डौ उपत्यकासहित नेवार समुदाय रहेका देशका विभिन्न ठाउँमा आज गाईजात्राको विशेष रौनक हुन्छ ।

गाईजात्रा पर्व काठमाण्डौ उपत्यकाका साथै बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत नेवार समुदायकाको विशेष उपस्थिति रहेका शहरमा धुमधामका साथ मनाइन्छ ।

यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यो पर्वमा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । आज काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक बिदा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा सञ्चालन

आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्‍याउन सुझाव

महाअष्टमीको अवसरमा आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिँदै

बडादशैँको सातौँ दिन आज फूलपाती

- Advertisement -spot_img
-Advertisement-spot_img