बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा गाडी चलाउन रोक, हिउँदेखोलामा मर्मतको काम चल्दै

काठमाण्डौ – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झन्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन काम सकेर अर्को सूचना नआएसम्मका लागि रातिको समयमा गाडी चलाउन रोकिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म सबैखालका गाडीको आवतजावत बन्द गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो । उहाँका अनुसार आज बिहानैदेखि मर्मतको काम भइरहेको छ । सकेसम्म छिट्टै काम सकेर भोलिदेखि नै पूर्णरुपमा खुलाउने तयारी रहेको उहाँको भनाइ छ । बाटो बन्द गरिएको समयमा अत्यावश्यक गाडीले मर्मतको काम भइरहेको ठाउँमा खटिएका प्राविधिकसँग बुझेर यात्रा गर्न सक्ने पनि प्रमुख जिल्ला अधिकारी काफ्ले उज्यालोलाई जानकारी दिनुभयो ।

हिउँदे खोला खण्डमा सडक भासिएको छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको काम हुँदै आएको छ । त्यहि ठाउँमा दुई वर्ष अघि पनि सडक भासिएर एक हप्तासम्म गाडी चलाउन समस्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै