अर्घाखाँची समाज जापानको अध्यक्षमा टोप बहादुर घर्तीमगर र महासचिवमा अविनाश जी.सी. निर्वाचित

इन्दिरा खनाल जापान  टोकियो। अर्घाखाँची समाज जापानको छैठौं अधिवेशन टोकियोमा सम्पन्न भएको छ। अधिवेशनले टोपवहादुर घर्ती मगरको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको महासचिवमा अविनाश जी. सी निर्वाचित भए उपाध्यक्षहरूमा संगीता थापा, अर्जुन आचार्य, इन्दिरा खनाल, गोबिन्द बिष्ट, सरोज भुसाल रहनु भएको छ भने, सचिवमा असीम खनाल, चन्द्र प्रकाश भुसाल, मधु क्षेत्री त्यसै गरी कोषाध्यक्षमा निरंजन खड़का, सह-कोषाध्यक्षमा केशब रेश्मी र धर्मराज पौडेल, महिला संयोजकमा कमला के. सी, युवा संयोजकमा नारायण भट्टराई रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा दिल प्रसाद श्रेष्ठ, गोकर्ण क्षेत्री, राजेन्द्र श्रेष्ठ, इन्दिरा के. सी, माधव खत्री, चेतन घर्ती मगर, ज्ञान प्रसाद आचार्य, मीना थापा, शंकर रायमाझी, नवराज घिमीरे, दिल्ली रेशमी, बसन बस्नेत, शर्मिला खड़का वोलीलाई चयन गरेको निर्वाचन संयोजक बाबुराम पौडेलले घोषणा गर्नुभएको थियो । अधिवेशनले सल्लाहाकार संयोजकमा नारायण प्रसाद भुसाललाई चयन गरेको छ ।
प्रमुख अतिथीको आसनबाट घोषणा सभालाई सम्बोधन गर्दै जापानका लागी नेपाली कार्यवाहक राजदुत हरिहर कान्त पौडेलले जापानमा रहेका नेपालीहरुका समस्याहरु बढ्दै गएकोले समाधानका लागी समाजले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाले दुतावास सबै नेपालीहरुको आफ्नो भएकाले संगै सहकार्य गर्ने प्रतीवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभास लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ, समाजका संरक्षक बाबुराम पौडेल, दिपक थापा, निवर्तमान अध्यक्ष कृष्ण के.सी, सल्लाहाकार संयोजक नारायण भुसाल लगायतले शुभकामना व्यक्त गर्दै समाजले सामाजीक गतिविधिमा सक्रियता बढाउन आग्रह गर्नुभएको थियो ।
अधिवेशनमा समाजलाई स्थापना कालदेखि अर्घाखाचीबासीहरुलाई संगठीत र एकिकृत गर्न सहयोग पुर्याएको भन्दै पूर्व अध्यक्ष बाबुराम पौडेल र दिपक थापालाई सम्मान गरिएको थियो भने निवर्तमान अध्यक्ष कृष्ण के.सी लाई कार्यकाल सफल गरेको भन्दै कदर पत्रले सम्मान गरिएको थियो ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्ष टोपबहादुरले घर्ती मगरले जापानमा रहेका अर्घाखाँचीबासीबीच आपसी एकता सुदृढ गर्दै समाजमुखी गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जानकारी दिनुभएको थियो । नवनिर्वाचित उपाध्यक्ष इन्दिरा खनालको स्वागत तथा उपाध्यक्ष अर्जुन आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा इबा पौडेलले माईतीघर गितमा नृत्य प्रस्तुत गरी मनोरञ्जन दिएकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img