निम्बतरु
मसाङगिएको मन लिएर
चेप्चु बाजेको घर थियो भन्ने ठाउँमा बसेको छु
पसाङ्गिएको ज्यान लिएर
बाजे बर्माको लडाईमा हराएका थिए रे
छोरा नेपाली किराहरुका लडाईमा
नाति राजनीतिक छौँडाहरुका लडाईमा
यो पनाति
भर्खर फर्केको छ पुर्खाको भग्नावेश
र बाँझो आँगनमा ।
मसानिएको मन लिएर
यो पनाति
बडो बिलखवन्दमा
डुब्दै गरेको टापुमा
किरिबाटी र तुवालु टापु झैं
डुब्दै गरेको देशमा
भुताङिएको मन लिएर
उभिएको छ अन्तिम देशमा
अन्तिम स्थानमा
म के रोपुँ यो वृक्ष ?
यो अन्तिम पाइलामा ?
जस्ले माटो खाएर
मलाई दिनेछ शित्तल आशाहरु
हरियाली उच्छावासहरु
हिमाल ताकेर उडिजाउँ त
फेरि बादलहरु झैं
के सधैंको लागि यस्तै रहन्छ
हाम्रो भाग्य ?
हाम्रो भुतल स्वर्ग हुन सक्दैन ?
इब्राहिम ट्राओरे मन के यहाँ हुन सक्दैन ?
म फर्केको छु फेरि
चेप्चुबाजेको घर थियो भन्ने ठाउँमा
मसानिएको मन लिएर
के श्वास फेरुँ फेरि ?