नेकपा (एस) लुम्बिनी प्रदेश अधिवेशनको लोगो तथा ब्यानर सार्बजनिक

हृदय भुसाल दाङ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनको लोगो तथा ब्यानर बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

बैशाख २७–२८ गते दाङको घोराहीमा हुने अधिवेशनको तयारी सन्दर्भमा आयोजित कार्यक्रममा पार्टी केन्द्रिय कमिटीका उपमहासचिव एबम  लुम्बिनी प्रदेश  इञ्चार्ज मेटमणि चौधरी, पार्टी केन्द्रिय कमिटी सचीव एबम लुम्बिनी प्रदेश कमिटी  अध्यक्ष सोमप्रसाद पाण्डे, पार्टी पोलिटब्यरो सदस्य एबम लुम्बिनी प्रदेश कमिटी  उपसचिव अब्दुल हुसेन खान र पार्टीकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अनारकली मियाँ पार्टी केन्द्रिय कमिटी सदस्य सुशील भट्टराई सहितका नेताहरूको उपस्थितिमा लोगो र ब्यानर सार्वजनिक गरिएको हो। पार्टीको भोलि सनिबार  १२ बजे भब्य रुपमा उद्घाटन  हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको उपसचीव अब्बदुल हुसेन खानले बताउनु भयो ।

लोगोमा लुम्बिनीको ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउने मायादेवी मन्दिर, बंगाल टाइगर, कृष्णसार, ताल र प्राकृतिक दृश्य समावेश गरिएको छ भने कम्युनिस्ट पार्टीको विचार र लक्ष्यलाई संकेत गर्ने झण्डा र रकेट पनि राखिएको छ।

“सुशासन र रोजगारी, समाजवादको तयारी” नाराका साथ तयार पारिएको यो लोगो तथा ब्यानरले पार्टीको समग्र दृष्टिकोण र अधिवेशनको उद्देश्यलाई प्रतिनिधित्व गर्ने विश्वास गरिएको छ।

अधिवेशनलाई भव्य, गरिमामय र सन्देशमूलक बनाउन तयारी तीव्र गतिमा अघि बढाइएको प्रदेश नेतृत्वले जनाएको छ। पार्टीको अधिबेशनमा प्रदेशका १२ वटै जिल्ला बाट प्रतिनिधि उपस्थित हुने र अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै