४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

पूर्वी तराईमा रातिदेखि नै वर्षा, दिउँसो अरु ठाउँमा पनि पानी पर्ने

काठमाण्डौ – पूर्वी तराईका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । मोरङ, सप्तरी, सिरहा, उदयपुर, धनुषा, सर्लाही, बारा, सिन्धुलीलगायतका ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परेको हो ।

दिउँसोपख काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी र स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावका कारण केही दिनदेखि देशैभर पानी पार्ने प्रणाली सक्रिय भएको हो

प्रि–मनसुनको समय पनि भएकाले अझै केही दिन देशभर चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । स्रोत उज्यालो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै