४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

आलोचना


निम्बतरु

मैले केही गरेको छैन / गर्न सक्ने पनि होइन
आलोचना गरेको छु ।
मैले गर्न सकेको पो के छ?

अन्तिम सत्यको साक्षात्कार मबाट भएको छैन
संवेदनशील त परको कुरा
जोकोही पीपलको वृक्षमुनि ध्यान गर्दैमा
सम्बुध्द प्राप्त गर्दैन
संसारको निस्सारता मलाई अनुभव छ
तर वैराग्यता पैदा भएन

मैले आजसम्म के गरें
आलोचना बाहेक
प्रशंसाको भोको जो कोही छ

जानीजानी आक्रमक झारहरु रोपी हिँड्छन् बाटो बाटो
सिरु रोपेर अट्टहास हाँस्थे कोही
म दुबो रोपेर
चउरमा पल्टिरहेको छु
यसकारण निन्दा गरून् भन्ने थियो
घोर-भर्त्सना गरून् भन्ने थियो
तर कसैको आँट भएन
मैले जीवनभरको गलत कार्य बाहिर भन्दैथें
सुन्नेहरु मलाई पागल भन्दैथिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै