४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौ – आज पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिम भेगका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरुमा तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै हिमाली भूभागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसका  कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा यसको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै