सरकार र शिक्षकबीचको वार्ता नौ बुँदे प्रस्तावमा सहमति नजिक

काठमाण्डौ – नेपाल शिक्षक महासङ्घ र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राति अबेरसम्म भएको दुईपक्षीय बैठकले मन्त्रिपरिषद्बाट निर्णय गरी आउँदो बजेटमा शिक्षकका माग सम्बोधन गर्ने गरी सहमतिको प्रारम्भिक खाका तयार गरेको हो ।

छलफलमा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, शिक्षा सचिव दीपक काफ्ले, वार्ता संयोजक कृष्णप्रसाद काप्रीलगायत सहभागी हुनुहुन्थ्यो । यस्तै उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुभएको थियो ।

शिक्षक महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुल थापा, सहअध्यक्ष नानुमाया पराजुलीलगायत सहभागी हुनुहुन्थ्यो ।

अस्ति सोमवार भएको बैठकमा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको सात बुँदामा छलफल भएको थियो । त्यसमा थप दुई वटा थपेर नौ बुँदा बनाइ गएराति छलफल भएको र अब यसलाई अन्तिम रुप दिने तयारी छ ।

शिक्षक महासङ्घले गएको चैत २० गतेदेखि गर्दै आएको आन्दोलनको आज २९ दिन भइसकेको छ ।

महासङ्घका प्रदेश र जिल्ला अध्यक्षसँग सहमति लिएर मात्र सहमतिमा हस्ताक्षर गर्ने र आन्दोलन स्थगन गर्ने महासङ्घका उपमहासचिव रामप्रसाद ढकालको भनाइ छ ।

शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र–२०८२ को शुरूदेखि नै पठनपाठन प्रभावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img