४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

मेरो मर्जी

निम्बतरु

मेरो मर्जी चल्दैन
कति -कति बन्धन छ
मेरो मर्जी चल्थ्यो
कहिल्यै जीवन यस्तो हुँदैनथियो

सबैभन्दा भगवानको मर्जी चल्छ
भगवानको मर्जीले
भगवानको मर्जीले
भन्दिन्छन् कति सजिलै
शुभ होस् अशुभ

निकै समय पहिले त
मालिकको मर्जी चल्थ्यो
उस्को जो मर्जी
जीवन चलाउन कहाँ पाइन्छ
निरंकुश र अंकुश लगाइहाल्छ
कहिलेकाहीँ जीवन
दाम्लोमा बाँधिएको भेडोजस्तो लाग्छ
किलो वरिपरि रिङ्यो बस्यो

जो मर्जी चाह्यो जीवन चलाएको भए
आफ्नो मर्जी मुताविक हिँडेको भए
कहाँ यस्तो हुन्थ्यो जीवन
अझ बेहत्तर अझ काबिल हुन्थ्यो
खुब हुन्थ्यो ।

जहाँ मर्जी म फुलें भने बल्ल असली रङ देखिनेछ
तिम्रो मर्जीले
म कता कता धर्साे रहें जीवनको केवल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै