आज कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भेगका केही ठाउँहरु तथा बाँकी भेगका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजोदेखि सक्रिय भएको पानी पार्ने नयाँ प्रणालीले पर्सि आइतवारसम्म नै हावाहुरी, चट्याङसहित वर्षा गराउने सम्भावना रहेको मौसमविद्को अनुमान् छ ।
जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरिकै मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरोलगायत बाली अर्को हप्तामात्रै भित्र्याउन भनेको छ ।