हृदय भुसाल अर्घाखाँची। सामाजिक तथा राजनीति ब्यक्तित्व लिला जिसिलाई मातृशोक परेको छ ।
उहाँकि आमा कृष्णदेवी जीसीको गत शनिबार निधन भएको हो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर निवासी कृष्णदेवीको ७२ वर्षको उमेरका यही चैत २३ गते निधन भएको उनको परिवारले जानकारी दिएको छ ।
स्वर्गीय कृष्णदेवीकी श्रीमान् धनबहादुर जीसी, चार छोरा र चार जना छोरी छन् । लिला सगै कुल बहादुर यम बहादुर,कृष्ण साथै छोरीहरु सम्पुर्ण जिसि परिवार शोकमा पर्नु भएको हो ।
विभिन्न संघ सस्थामा आवद्ध समेत रहनु भएका जिसि पोखराबाट संचालित फेवा अध्यक्ष,अर्घाखाँची–पोखरा सम्पर्क समाजका सल्लाहकार र नमस्ते पार्टी प्यालेसका संस्थापक तथा सीईओ समेत रहनु भएको छ । सफल युबा व्यावसायि जिसि सकारात्मक सोच भएका युबा नेता समेत हुनुहुन्छ ।