१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

अमेरिकामा आयात हुने वस्तुमा दश प्रतिशत आयात कर लाग्ने राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयातित सबै वस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषणा गर्नुभएको छ । उहाँले भोलिदेखि लागू हुने कर नीति  विश्व व्यापारका लागि महत्त्वपूर्ण क्षण हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै उहाँले केही देशमाथि अमेरिकी व्यापार घाटाको आधारमा अधिक आय कर लाग्ने जुन ५० प्रतिशतसम्म पनि हुनसक्ने अनुमान रहेको जिकिर गर्नुभएको छ । यो प्रणाली अप्रिल ९ देखि मात्र शुरू हुने बीबीसीको खबरमा उल्लेख छ ।

ट्रम्पको कर नीतिअनुसार बेलायती वस्तुमाथि १० प्रतिशत आय कर लाग्ने र  युरोपेली सङ्घलाई २० प्रतिशतका दरले भन्सार शुल्क लाग्ने भएको छ । सबै विदेशी गाडीमा २५ प्रतिशत आयतकर लाग्ने यसअघिको घोषणा भने आजै रातिदेखि लागू हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै